१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अनुदानको मलमा दुरुपयोग भएको छ, किसान सचेत हुनुहोला : मन्त्री भुसाल


455
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले किसानहरुले पाउने मलको अनुदानमा दुरुपयोग भएको भन्दै सचेत रहन आग्रह गर्नुभएको छ ।

सोमबार २० औँ राष्ट्रिय धान दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले किसानहरुका लागि दिइने मलको अनुदानमा दुरुपयोग हुने गरेको बताउनुभएको हो ।

उहाँले अनुदानको मल गैर किसानले लिने गरेको थाहा पाएको भन्दै यसको निम्ति स्वयं किसानपनि सचेत हुनुपर्ने बताउनुभयो । उहाँले किसानहरुलाई अनुदानको मलको खोजि गर्न आग्रह पनि गर्नुभयो । उहाँले मलको दुरुपयोग रोक्न मातहतका निकायहरुलाई निर्देशन समेत दिनुभयो ।

उहाँले रासायनिक मलको प्रयोग कृषिको प्रयोजनबाहेक पनि हुने गरेको भन्दै त्यसलाई पनि रोक्नुपर्ने बताउनुभयो ।