२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जसपाले गर्‍यो अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन


13
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन गरेको छ ।

शनिबार बसेको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्जुन थापालाई उक्त विभागको प्रमुख तोकेको थियो । थापा लामो समयदेखि पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सम्हाल्दै आउनुभएको छ ।

बैठकले विभागको सचिवमा भरत गुरुङलाई चयन गरेको छ भने सदस्यहरुमा छायाँ शर्मा पन्त, जुद्ध ढाक्रे राई, मनिस कुमार, प्रमोदराम मिश्र, प्रेम यक्तेन लिम्बु, पवन राय र विनोद पौडेल रहेका छन् ।

जसपाले संगठन विभाग, प्रचार विभाग, आर्थिक विभाग यसअघि गठन गरिसकेको छ ।