१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


अबपनि भ्रष्टाचार र कमिसनतन्त्र नरोकिए मुलुक थप बर्बादीतर्फ जान्छ

उपप्रधान तथा गृहमन्त्रीको चेतावनी

416
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकास, सुशासन र समृद्धिका लागि प्रमुख राजनीतिक दल र नेतृत्ववर्ग सच्चिनुको विकल्प नरहेको बताउनुभएको छ ।

उहाँले मुलुकमा भ्रष्टाचार र कमिसनतन्त्र अचाक्ली बढिरहेको बताउँदै अबपनि भ्रष्टाचार र कमिसनतन्त्र रोकिन नसके मुलुक थप बर्बादीतर्फ जानसक्ने चेतावनी दिनुभएको हो ।

आइतबार साँझ ललितपुर हात्तीवनस्थित आफ्नै निवासमा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रकाशकहरूसँग छलफल गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलेमुलुकमा व्याप्त भ्रष्टाचार, कमिसनतन्त्र र विकृति रोकिन नसके मुलुक थप बर्बादीतर्फ जानसक्ने र त्यसले गम्भीर दुष्परिणाम ल्याउन सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो ।

उहाँले सत्ताधारी दलभित्रै नेतृत्वमा सुशासन कायम गराउने विषयमा आफूले बहसपैरवी र अभियान थालेको जानकारी दिनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।