९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


मुलुक माछामा आत्मनिर्भर नजिक


5.941k
Shares

बारा । मुलुकभरमा माछा उत्पादन ८१ प्रतिशत पुगेको छ ।

नेपाल मत्स्य व्यवसायी संघका अनुसार ०६९/ ७० मा प्राकृतिक जलाशय र मत्स्यपालन व्यवस्थापनबाट ४१ प्रतिशत माछा उत्पादन भएकोमा ०७३/७४ मा ६१ प्रतिशत पुगेको थियो ।

हाल माछाको उत्पादन ८१ प्रतिशत पुगेको हो ।

पछिल्लो समय मासुजन्य उत्पादन अन्तरगत माछाको खपत र प्रयोग बढेसँगै परम्परागत खेती छोडेर व्यवसायीक माछातर्फ किसान आकर्षित भएका कारण उत्पादकत्व वृद्धि भएको हो ।

बाँकीको १९ प्रतिशत माछा भारत लगाएतका मुलुकबाट आउने गरेको जिउँदो माछा व्यवसायी अध्यक्ष जंग बाहादुर साहले बताए ।

उनले माछामा नेपाल चाँडै निर्भर हुने बताउँदै पोषणयुक्त दानाको सहजता भए वार्षिक तीन पटकसम्म उत्पादन हुने माछा ४ पटक उत्पादन हुने र बढी तौलका उत्पादन भै किसान लाभाविन्त हुने बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।