
प्यूठान । प्यूठानमा सोमबार भएको कार दुर्घटनामा मृत्यु हुने आठै जनाको सनाखत भएको छ ।
स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा सोमबार स्वर्गद्वारी नगरपालिका–४, भ्यागुतेस्थित भिग्री स्वर्गद्वारी सडकखण्डमा कार अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा कारमा सवारर आठै जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेहरुमा दाङको तुल्सीपुर उपमहानगरपालिका–१५, कोेठरी बस्ने ३५ वर्षीया सरिता शर्मा पाखरेल, उनका छोराहरू १४ वर्षीय विशाल पोखरेल र ९ वर्षीय विकास पोखरेल रहेका छन् ।
यस्तै, दाङको लमही नगरपालिका– ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीय राधा र ९ वर्षका छोरा आदित शाहको मृत्यु भएको छ भने, कार चालक दाङ लमहीका ताराबहादुर कुमालको पनि मृत्यु भएको छ ।
यसैगरी दाङको घोराही उपमहानगरपालिका–१५ तुल्सीपुरका ११ वर्षीय बालक शिशिर खनालको पनि दुर्घटनामा मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्