२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बर्दियामा अत्यधिक गर्मी, गुलरियाका विद्यालयमा पाँच दिन बिदा


299
Shares

बर्दिया । अत्यधिक गर्मी र तातो हावा (लू) चलेपछि बर्दियाको गुलरिया नगरपालिकाका विद्यालयमा पाँच दिनका लागि बिदा दिइएको छ ।

अत्यधिक गर्मीले विद्यार्थी बिरामी पर्न थालेपछि मंगलबारदेखि पाँच दिनका लागि विद्यालय बन्द गरिएको हो ।

वर्षे र हिउँदे बिदामा मिलान हुने गरी गुलरिया नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गरेको शिक्षा शाखा प्रमुख सतिश यादवले बताउनुभयो ।

बर्दियामा अधिकतम तापक्रम ४२ डिग्री रहेको र तातो हावा चल्ने गरेको छ । जिल्लामा अत्याधिक गर्मी बढेपछी अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, झोलिलो पदार्थ बढी खान र प्रशस्त पानी पिउन चिकित्सकले सल्लाह दिएका छन् ।

जिल्ला अस्पताल बर्दियामा गर्मीका कारण बिरामीको चाप बढेको छ । विशेषगरी बालबालिका तथा वृद्धवृद्धा झाडापखाला, रिँगटा लाग्ने, ज्वरोलगायतको समस्या भएर आउने गरेको बर्दिया अस्पतालका निमित्त प्रमुख डा.विशेश्वरप्रसाद साहले बताउनुभयो ।