
नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँपालिकामा भएको दम्पत्ती हत्याको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली खटिएको छ ।
हप्ता दिन बित्दासमेत हत्याराको पत्ता नलागेपछि जिल्लाबाट अनुसन्धान गरिरहेको टोलीलाई सहयोग गर्न सिआइबीको टोली नवलपरासी पुगेको हो ।
गत सोमबार राति प्रतापपुर गाउँपालिका– ८ पथलहनी बस्ने ५५ वर्षिय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको थियो । उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।
हत्याराले पूर्व योजना बनाएर घटना घटाएको देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताउनुभयो । हत्या गरेपछि दम्पत्तीको शव आँगनमा फालिएको थियो ।
प्रतिक्रिया दिनुहोस्