११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


पूर्वगृहमन्त्री खाणँको तर्फबाट १० जना वकिलले बहस गर्दा पनि सकिएन


455
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार पूर्वगृहमन्त्री बालकृष्ण खाणँको तर्फबाट १० जना वकिलले बहस गरेका छन् । १० जना वकिलले बहस गर्दा पनि नसकिएपछि खाणँको पक्षमा बुधबार पनि बहस जारी रहने छ ।

जारी बहसका क्रममा अधिवक्ता पंकज कुमार कर्णले बालकृष्ण खाणँको बचाउ गर्नुभएको छ । यससम्बन्धी जोहरीमा कतैपनि बालकृष्ण खाणँको नाम उल्लेख अधिवक्ता कर्णको तर्क छ । मंगलबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेम प्रसाद न्यौपानको इजलासमा बहसका क्रममा कर्णले सहअभियुक्तले दिएको बयानका आधारमा खाणलाई ठगी, कीर्ते लगायतका पाँच मुद्दा चलाउन नमिल्ने जिकिर गर्नुभयो ।

लिखत किर्तेसम्बन्धी कसुरमा पनि खाणँले कीर्ते गरेको कुनै प्रभाव नभेटिएको उहाँको तर्क छ । प्रतिरक्षा बहसका क्रममा कर्णले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले लेखेको पत्र खाँणका सहयोगी नरेन्द्र केसीको साथबाट भेटाउँदैमा संलग्नता पुष्टि नहुने दाबी गर्नुभयो । उहाँले तत्कालीन सहसचिव बालकृष्ण पन्थी र झापाका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको प्रतिवेदन खाँणले सम्बन्धित महाशाखाबाट माग्दै नमागेको तर्क गर्नुभयो ।

थप कार्यदल बनाउने कुरामा सचिवले प्रस्ताव गरेपछि मन्त्रीले स्वीकृति दिएका तर्क गर्दै त्यो पनि भुटानी शरणार्थीको व्यवस्थापनकै लागि भएको उहाँको भनाई थियो । अधिवक्ता कर्णले खाँणलाई थुनामा पठाउनुपर्ने कुनै कारण नरहेको पनि जिकिर गर्नुभयो ।

पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन संरक्षण गर्ने व्यक्ति सन्तोस प्रधानलाई किन प्रतिवादी नबनाइएको भन्दै उहाँले प्रश्न पनि गर्नुभयो । यस्तै, वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बालकृष्ण खाणँकाविरुद्ध राज्य लागेको जिकिर गर्नुभयो ।