
काठमाडौं । बुधबार विश्व रक्तदाता दिवस मनाइँदै छ । हरेक वर्ष जुन १४ मा मनाइने यो दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ । सुरक्षित रगत र रगत उत्पादन संकलनको आवश्यकताबारे सर्वसाधारणलाई जानकारी दिने र रक्तदानका लागि प्रेरित गर्न यो दिवस मनाउने गरिएको हो ।
देशभरका विभिन्न संघसंस्था र अस्पतालहरुले यो दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु राखेका छन् । यस्तै, ब्लड डोनर्श एसोसिएसन नेपालले साताव्यापी रुपमा चेतनामूलक कार्यक्रमहरु आयोजना गरिरहेको छ ।
सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्