१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वास्थ्य अवस्था सामान्य बनेपछि राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज


156
Shares

काठमाडौं । मुटुमा समस्या भएपछि मंगलबार शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना हुनु भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।

राष्ट्रपति पौडललाई बुधबार बिहान ८ बजे डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको हो ।

उहाँको स्वास्थ्य अवस्था समान्य भएपछि डिस्चार्ज गरिएको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलेको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार प्रवाहमा समस्या देखिएपछि सामान्य हृदयघात भएको र अवरुद्ध भएको उक्त नशाको एन्जियोप्लास्टी गरी खुलाइएको पनि अस्पतालले जनाएको छ ।