१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


९ सय रुपैयाँले घट्यो आज सुनको मूल्य


741
Shares

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुन एक लाख १२ हजार ७ सय, तेजावी सुन एक लाख १२ हजार १५० र चाँदीको मूल्य १४ सय ५० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाल सुनको मूल्य एक लाख ११ हजार ८ सय र तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १४ सय २५ रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।