२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


न्वारानको भोज खाएका २७ जना बिरामी


6.734k
Shares

काठमाडौं । झापामा न्वारानको भोज खाएका २७ जना बिरामी परेका छन् ।

झापाको मेची नगर नगरपालिका-९ माथिल्लो मागुरमाडीमा न्वारानको भोज खाएका २७ जना बिरामी भएर अस्पताल भर्ना भएका छन् ।

गत सोमबार स्थानीय गोविन्द श्रेष्ठको घरमा न्वारानको भोज खाएका धेरैजसो बिरामी परेका हुन् । श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका अधिकांश स्थानीयको स्वास्थ्यमा समस्या देखिएपछि मेची आम्दा अस्पतालमा भर्ना गरिएको छ ।

भोजमा राखिएको खानामा अखाद्य वस्तु मिसावट हुँदा स्थानीय बिरामी भएको हुनसक्ने अस्पतालले जनाएको छ । बिरामीमा बान्ता हुने, ज्वरो आउने तथा पखाला चल्ने समस्या देखिएको छ ।