
एजेन्सी । बिपरजोय आँधीका कारण भारतका विभिन्न राज्यमा सात जनाको मृत्यु भएको छ ।
नौ वटा राज्य तथा केन्द्र शासित प्रदेशमा प्रभाव पारेको आँधीले रुख तथा बिजुलीका पोल ढल्दा जनधनको क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अरब सागरमा बनेको चक्रवात गुजरातको तटीय क्षेत्रमा प्रवेश गर्ने भएपछि गुजरात सरकारले ३८ हजार जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारेको छ ।
पाकिस्तानको सिन्ध प्रान्त कराँचीमा पनि मानिसहरुलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ । भारतको मौसम विज्ञान विभागले गुजरातसहित नौ वटा राज्यमा चेतावनी जारी गरेको छ । आँधीसँगै बाढी समेत आउन सक्ने भन्दै भोलिसम्मका लागि चेतावनी जारी गरिएको बीबीसीले जनाएको छ । धेरै ठाउँमा विद्युत् र रेलसेवा अवरुद्ध भएका छन् ।
प्रतिक्रिया दिनुहोस्