
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत आलु, प्याजजस्ता केही कृषिजन्य वस्तुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि त्यसको पक्ष र विपक्षमा बहस भइरहेको छ ।
यसबारे व्यापारी र किसानमा भिन्नभिन्न धारण आएका हुन् ।
आलु,प्याजमा भ्याट लगाए उपभोक्ताको चुलो महँगो बनाएको भन्दै संसदमा समेत विरोध भएको छ । सरकारले अहिलेसम्म आलु प्याजमा ९ प्रतिशत कृषि सेवा शुल्क , अग्रिम आयकर ५ प्रतिशत गरी १४ प्रतिशत कर लिँदै आएको छ ।
अब यसमा १३ प्रतिशत भ्याट थपिएको छ । अर्थमन्त्री महतले स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न आयतिति वस्तुमा मात्र भ्याट लगाएको पटकपटक बताइसकेका छन् । तर, पनि विरोध रोकिएको छैन् ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्