
काठमाडाैं । संघीय संसद अन्तर्गत शुक्रबार प्रतिनिधि सभाको बैठक बस्दैछ ।
प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजेबाट शुरु हुनेछ । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुट्टाइएको बजेटमा छलफल हुने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा भने विनियोजन विधेयक २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटउपर छलफल गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्