
काठमाडौं । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएको छ ।
बिहान ८ बजेदेखि शुरु भएको वैठकमा समितिका सदस्यहरु र कायममुकायम प्रधानन्यायाधीश कार्कीबीच प्रश्नोत्तर सकिएपछि समितले सर्वसम्मत रुपमा कार्कीको नाम अनुमोदन गरेको हो ।
अब कार्कीकाे प्रधानन्यायाधीश नियुक्तिको बाटो खुलेको छ ।गत बैशाख २५ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो । संसदीय सुनवाई समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
त्यतिबेला संसदीय समिति गठन नै नभएका कारण बिहीबारदेखि मात्रै उहाँको सुनुवाइ सुरू भएको थियो। बिहीबार कार्कीले आफ्नो वार्षिक कार्ययोजना र योग्यता प्रस्तुत गर्नु भएको थियो ।
उहाँले न्यायिक क्षेत्रको विचलन ६० प्रतिशत रोक्न सफल भएको बताउनु भएको थियो । आफूले गोला प्रथा लागू गरेपछि न्यायिक विचलन कम हुँदै गएको र स्वच्छता गर्ने दिशामा अगाडि बढेको प्रधानन्यायाधीश कार्कीको दाबी थियो । कार्कीले उमेर हदका कारण सर्वोच्च अदालतमा आगामी साउन २० गतेसम्म मात्रै नेतृत्व गर्नुहुनेछ । गत बर्ष असोजदेखि कार्की कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्