१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


न्यायाधीश नियुक्तिको तयारीका लागि छुट्टै कोर्ष बनाउँदै छौँ : हरिकृष्ण कार्की


208
Shares

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको तयारीका लागि छुट्टै कोर्ष बनाउन लागेको बताउनुभएको छ ।

शुक्रबार संसदीय सुनुवाई समितिमा समिति सदस्यहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।उहाँले न्यायाधीश नियुक्ति गर्नका लागि छुट्टै कोर्ष बनाउने र कोर्ष अनुसार पास भएमात्रै न्यायाधीश नियुक्तिको बाटो खुल्ने प्रणालीको विकास गर्न खोजिएको बताउनु भयो । उहाँले उक्त प्रणाली लागू भए न्यायाधीश नियुक्तिमा आइरहेका ५० प्रतिशत समस्या समाधान हुने र बाँकी ५० प्रतिशत समस्या भने व्यवहारबाट समाधान गर्नुपर्ने बताउनुभयो ।

उहाँले आफ्नो कार्यकालमा नै यो व्यवस्था लागू गर्नेगरी अघि बढेको बताउनु भयो । कार्कीले आफूमाथि लागेको आरोप प्रमाणित भए राजीनामा दिन तयार रहेको समेत बताउनु भयो ।

कार्कीले आफूमाथिको आरोप प्रमाणित गर्न जुनसुकै निकायबाट छानबिन गराउन र प्रमाणित भएको खण्डमा पेशा छोडेर बाहिरिन तयार रहेको बताउनुभयो ।