२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सरकारले उद्योग क्षेत्रका लगानीमा आवश्यक कानून निर्माण नगरेकाे सांसद भण्डारीकाे दाबी


117
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद दामोदर भण्डारीले उद्योग क्षेत्रमा लगानी गर्नका लागि आवश्यक कानून निर्माण गर्न पनि सरकारले बेवास्ता गरिरहेको बताउनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले सो दाबी गर्नु भएको हो ।

सांसद भण्डारीले नेपाल आयोग निगमजस्तो संस्थासमेत कानूनको अभावमा गठन आदेशको भरमा चलिरहेको उल्लेख गर्दै त्यसमा पनि सरकारले ध्यान दिन नसकेको बताउनु भयो । उहाँले सरकारले एलपी ग्याँसमा दिएको अनुदानमा गरिवलाई प्राथमिकता दिन नसकेको स्पष्ट पार्नु भयो । सांसद भण्डारीले सरकारले उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रको विकासमा कुनै प्राथमिकता नदिएको जिकीर समेत गर्नु भयो ।

सांसद भण्डारीले सरकारले प्रस्तुत गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शिर्षकप्रति असहमती जनाउँदै खर्च कटौतिको प्रस्ताव गर्नुभयो ।