१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लोक सेवाले समयानुकुल पाठ्यक्रम तथा परीक्षण विधिमा सुधार गर्नुपर्छ : उपराष्ट्रपति यादव


104
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बौद्धिक जनशक्तिलाई आफ्नै मुलुकको सेवामा लगाउनको लागि आयोगले समयानुकुल पाठ्यक्रम तथा परीक्षण विधिमा सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार लोकसेवा आयोगको ७३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय नेपालबाट बौद्धिक जनशक्ति विदेश पलायन भइरहेको भन्दै त्यस्तो जनशक्तिलाई नेपालमा नै सेवा गर्न प्रेरित गर्न लोकसेवा आयोगले भुमिका खेल्नुपर्ने बताउनु भयो ।

उपराष्ट्रपति यादवले लोकसेवा आयोगले सधैँ वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशा र भरोसाको केन्द्रका रुपमा आफ्नो कर्तव्य,दायित्व र जिम्मेवारी निर्वाह गर्न सक्नुपर्ने बताउनु भयो। उहाँले कर्मचारी भर्ना र छनोट समग्र प्रशासन संयन्त्रको जग रहेको भन्दै आयोगले गलत भर्ना नीति र प्रक्रियालाई निरुत्साहित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले कर्मचारी छनोट,भर्ना प्रक्रियाको परीक्षण विधिहरुमा समय सापेक्ष सुधार गर्न जरुरी भएको उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति यादवले उच्च नैतिकवान र उतप्रेरित कर्मचारीले मात्रै सुशासन कायम टेवा पुर्‍याउने गरी कर्मचारी छनोट गर्नुपर्ने बताउनु भयो। उहाँले सुशासन समग्र सिद्धान्त ,व्यवहार र जनताले अनुभुति गर्ने विषय समेत भएकाले यसलाई नारामा मात्रै सिमित राख्न नहुने बताउनु भयो । उहाँले आयोगले गर्ने भर्ना छनोटको उद्देश्य वर्तमान चुनौतिहरुको सामना गर्नसक्ने जनशक्ति प्रवेश गराउने हुनुपर्ने बताउनु भयो।

उहाँले संघीयता अनरुपमा समावेशी तर्फ उम्मेदवार छनोट प्रक्रियालाई समय सापेक्ष परिस्कृत गर्दै थप उम्मेदवार छनोट हुनसक्ने गरी कार्यसम्पदान गर्ने आवश्यक रहेको बताउनु भयो। उहाँले आयोगले समयको माग अनुसार प्रविधिमैत्री बन्दै दायित्व र जिम्मेवारीलाई थप विश्वानिय बनाउने विश्वास व्यक्त गनुृभयो। उहाँले लोकसेवा आयोगले अहिलेसम्म गरेका कामको प्रशंसा गर्नुभयो ।