
काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट ल्याएको छ ।
प्रदेश अर्थमन्त्री सञ्जयकुमार यादवले शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो ।
प्रस्तुत गरेको वार्षिक आयव्यय विवरणमा चालुतर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार अर्थात ४१.३० प्रतिशत रकम विनियोजन गरिएको छ ।
यसैगरी पुँजीगततर्फ पुँजीगत तर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार अर्थात ५८.२५ प्रतिशत, वित्तीय व्यवस्थातर्फ २० करोड अर्थात ०.४५ प्रतिशत विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्