७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


ललितपुरको इमाडोलमा बस दुर्घटना


4.433k
Shares

काठमाडौं । ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार बसमा २४ जना सवार थिए । २४ जना मध्ये १८ जना गम्भिरर घाइते भएका छन् भने ६ जनाको अवस्था समान्य रहेको छ ।

घाइते १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी अस्पताल पुर्याइएको छ ।

बसका सुजन नाम गरेका २४ वर्षीय चालकसमेत घाइते भएर अस्पतालमा भर्ना भएका छन् । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

घाइतेहरूको उपचार भइरहेको र परिचय खुलिनसकेको प्रहरीले जनाएको छ ।