१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्घाखाँचीमा ५ वर्षपछि ट्याक्सीको नयाँ भाडादर


3.172k
Shares

अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्सीको नयाँ भाडादर लागू भएको छ ।

जिल्ला स्तरीय भाडा निर्धारण समिति र सरोकारवालाको बैठकले ५ वर्षपछि नयाँ भाडदर लागू गर्ने निर्णय गरेको हो ।

२०७५ सालमा सर्वपक्षिय बैठकबाट कायम भएको भाडादर हालसम्म हेरफेर हुन नसकेको र भाडा महगों भएको गुनासो आएपछि बैठक बसेर यस्तो सहमती कायम गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताउनुभयो ।

जसअनुसार कालोपत्रे अर्थात पिच गरिएको सडकमा प्रति किलोमिटर ५० रुपैयाँ र कच्ची तथा ग्राभेल सडकमा प्रति किलोमिटर ६५ रुपैयाँ भाडादर कायम गरीएको हो ।

सन्धिखर्कबाट जिल्ला अस्पताल अर्घाखाँचीमा जाने यात्रुले यस अघि २ सय रुपैयाँ भन्दा बढी भाडा तिर्न बाध्य थिए । अब घटेको भाडादर अनुसार १ सय रुपैयाँ तिर्नुपर्ने छ ।