२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सहरी विकासमन्त्री गुरुङद्वारा फोहोर प्रशोधन केन्द्रको अनुगमन


1.248k
Shares

काठमाडौं । सहरी विकासमन्त्री सिता गुरुङले काठमाडौंको गुह्येश्वरीमा निर्माण गरिएको ‘फोहोर पानी प्रशोधन प्लान्ट’ को अनुगमन गर्नु भएको छ ।

शनिबार बिहान आफ्ना मन्त्रालयका सचिव नविन्द्रनाथ श्रेष्ठसहितको टोली लिएर गुह्येश्वरी पुग्नु भएकी मन्त्री गुरुङले सो प्लान्टको अनुगमन गर्नु भएको हो ।

सो प्लान्टको राम्रो पक्षको प्रचार–प्रसार गर्न र प्लान्ट निर्माणको क्रममा भएका गल्ती कमजोरीहरु फेरी दोहोरिन नदिनका लागि आफूले सो प्लान्टको अनुगमन गर्नु परेको मन्त्री गुरुङले बताउनुभयो । उहाँले सरकारले अन्य ७ वटा त्यस्तै, खालको प्लान्टहरु पनि निर्माण गर्ने चरणमा रहेकाले त्यसलाई प्रभावकारी ढंगले अघि बढाउन पनि यस प्लान्टबाट सिकेर अघि बढनु उपयोगी हुने समेत स्पष्ट पार्नु भयो ।

मन्त्री गुरुङले सो प्लान्टबाट मात्रै बागमती नदीको पानी सफा हुन्छ भन्ने सोचाई राख्न नहुने पनि बताउनुभयो । सो पानीलाई फोहोर बनाउने ढललगायतका अन्य बस्तुहरुको पनि उचित व्यवस्थापन गरेर मात्रै बागमती नदीलाई सफा राख्न सकिने उहाँको भनाई थियो ।

मन्त्री गुरुङलाई सो प्लान्टबारे अधिकार सम्पन्न बागमती सभ्याता एकीकृत विकास समितिका पदाधिकारीहरुले जानकारी दिएका थिए ।

सरकारले काठमाडौंको बागमती नदीलाई सफा राख्नका लागि फोहोर पानी प्रदुषण प्रशोधन प्लान्टको निर्माण कार्यक्रमलाई चरणवद्ध रुपमा अघि बढाउने गरी आवश्यक नीति तथा कार्यक्रम र बजेट तय गरेको छ ।