१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री दाहालद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन


104
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल मेलम्ची खानेपानी आयोजनाको स्थलगत भ्रमणका लागि सिन्धुपाल्चोक पुग्नुभएको छ ।

प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गर्नुभएको हो ।

गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री दाहालले स्थलगत अवलोकन गर्दै आउनुभएको छ । उहाँका साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव रहनुभएको छ ।

आयोजनाको स्थलगत अवलोकनपछि प्रधानमन्त्रीले स्थानीय पदाधिकारीसँग पनि अन्तरक्रिया पनि गर्नुभएको छ ।