२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बालक हत्याको आरोपमा एक व्यक्ति पक्राउ


1.157k
Shares

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा १० वर्षीय बालक हत्याको आरोपमा एक जना पक्राउ परेका छन् ।

अर्जुनचौपारीका बालक हर्षित देवकोटाको हत्या आरोपमा सोही गाउँपालिका–६ का २२ वर्षीय सुजन सुवेदी पक्राउ परेका हुन् ।

प्रहरीले सुवेदीलाई पुतलीबजार–१ शहिदचोकबाट पक्राउ गरेको हो । सुवेदीले बालकलाई धारीलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीकोे प्रारम्भिक अनुमान गरेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।