
काठमाडौं । मुगुको सोरु गाउँपालिकाको सबै गाउँमा खाद्यान्न संकट परेको छ ।
सोरुकोट खाद्य डिपोमा पर्याप्त खाद्यान्न नभए पछि भोकमरी भएको सोरु गाउँपालिकाले जनाएको छ । सोरुकोट खाद्य डिपोको वार्षिक चामलको कोटा एक हजार पाँच सय क्विन्टल हो ।
सोरुकोट खाद्य डिपोमा वार्षिक कोटा नै कम भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले जनाएको छ । चामलको कोटा बढाउन माग गरेपनि सुनुवाई नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी भनाई छ ।
खाद्यान्न खरिद गर्न खाद्य डिपोदेखि व्यापारीकोमा पुग्दासमेत खाद्यान्न नपाएको स्थानीयको दुःखेसो छ ।
प्रतिक्रिया दिनुहोस्