१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हेटौडा उपमहानगरपालिकाद्वारा बजेट प्रस्तुत


169
Shares

हेटैडा । हेटौडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेको छ ।

शनिबार उपमहानगरापालिका प्रमुख मनि लामाको अध्यक्षतामा बसेको नगरसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरिएको हो ।

हेटौडा उपमहानगरका उपप्रमुख राजेश बानियाले आर्थिक वर्ष २०८० /८१ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २ अर्ब ६० करोड ६५ लाखको बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा सर्वाधिक सडक पूर्वाधार निर्माण र सडकको स्तरोन्नति गर्ने योजनालाई प्राथमिकता दिइएको छ ।

यसैगरी शिक्षा तथा स्वास्थ्य योजना कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।