
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका वडा न. ३ मा पहिरोमा परेर जिवित उद्धार गरिएकी ९ वर्षिया बालिकाको मृत्यु भएको छ ।
स्थानीयले फालेलुङ–३ खोलाघारीस्थित मनप्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको आज बिहान जिवितै उद्धार गरेका थिए ।
जुना मनप्रसादकी नातिनी हुन् । उनी मावली घरमा बसेर स्थानीय विद्यालयमा अध्ययन गर्दै आएकी थिइन । बिहान जिबित उद्धार गरिएकी सावदेनको पाँचथर अस्पतालमा उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।
मध्यरातमा घर माथिबाट खसेको पहिराले मनप्रसादको घर बगाएको थियो । मनप्रसाद र उनकी श्रीमती भागेर ज्यान बचाउन सफल भए पनि सुतिरहेकी जुना पहिरोमा फसेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्