
पाँचथर । मेची राजमार्गको हेवा खोलामा बेलिब्रिज राखिने भएको छ ।
गयरातिको बाढीले पाँचथरको फिदिम नगरपालिका वडा न .४ र हिलिहाङ गाउँपालिका वडा न.७ मा अवस्थित पुल बगाएपछि बेलीब्रिज राख्न लागिएको हो ।
हेवा खोलाको पक्की पुल बाढीले बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ ।
यातायातका साधन सन्चालन गर्न सडक विभागको इटहरीस्थित कार्यालयबाट बेलीब्रिज पठाउन लागिएको हो । विभागका महानिर्देशक सुशीलबाबु ढकालले प्राविधिक टोलीसहित आजै बेलीबिज्र पठाउने तयारी भैरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्