१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


करोडौं मूल्य बराबरको कपडा बरामत


7.267k
Shares

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भन्सार नभएको १ करोड ५५ लाख बराबरको कपडा बरामद गरेको छ ।

सिराहाबाट हेटौडा हुँदै काठमाडौं आउन लागेको भारतीय नम्बरकोे ट्रकलाई रातोमाटे चेकपोष्टमा रोकी चेकजाँच गर्दा अबैध कपडा फेला परेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार प्याजहरुको बोराहरुले छोपिने गरि लुकाई राखेको अवस्थामा विभिन्न किसिमका कपडाहरु भेटिएको होे ।

प्रहरीले ट्रक सहित भारतको पन्जाब राज्यको लुधियाना जिल्ला रसलपुरग्राम बस्ने बर्ष ३३ का रन्जौध सिंह र सहचालक भारतकै बिहार राज्यको मोजफरपुरग्राम बस्ने बर्ष २६ का सुधिर कुमार शहनीलाई नियन्त्रणमा लिएको छ ।

ट्रकलाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइने प्रहरीले जनाएको छ ।