
काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका चार दल मिलेर समाजवादी मोर्चा घोषणाको समय परिवर्तन भएको छ।
दिउँसो ३ बजेको लागि तय भएको घोषणा कार्यक्रम ४ बजेका लागि सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्ड कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रमा जाने कार्यक्रम तय भएपछि मोर्चाको घोषणाको समय सारिएको जनाइएको छ।
सत्ता सहयात्री दलहरु माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र सत्ता बाहिरको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा हुन लागेको हो।
आलोपालो नेतृत्व, नीतिगत सहमतिको प्रतिबद्धतापत्र, साझा न्यूनतम कार्यक्रमलगायतका कार्यक्रमसहित मोर्चा घोषणा गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्