६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


कृषिजन्य वस्तुको न्यूनतम मूल्य र बजारको तत्काल व्यवस्था मिलाउन सांसद चौधरीको माग


91
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले कृषि बस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गर्नु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले नेपाललाई आत्मनिर्भर बनाउने हो भने सरकारले कृषि बस्तुको बजार र त्यसको न्यूनतम मूल्य तोकेर अघि बढ्नु मात्र विकल्प रहेको बताउनुभयो ।

प्रमुख सचेतक चौधरीले किसानहरुले न्यूनतम मूल्य समेत नपाएपछि पछिल्लो समय कालिमाटी बजारमा टमाटरलगायतका तरकारी फ्याँक्नु पर्ने अवस्था आएको उल्लेख गर्दै उनीहरुलाई हतोत्साही हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

प्रमुख सचेतक चौधरीले किसानहरुलाई मल, बीउलगायतका आवश्यक बस्तुको व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।