९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


व्यक्तिगत फाईदा नहेरी काम गर्न आन्तरिक राजस्वका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन


234
Shares


काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन र व्यक्तिगत फाइदा नहेर्न आन्तरिक राजस्वका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

सोमबार विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्री डा.महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न समेत निर्देशन दिनुभयो । उहाँले अहिले बजेटले करका दायरा फराकिलो बनाएको भन्दै सेवाग्राहीलाई यसबारे राम्रोसँग बुझाउन आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।

अर्थमन्त्री डा.महतले मूल्य अभिवृद्धि कर राजस्वको महत्वपूर्ण पक्ष भएको र तरकारी तथा फलफूलको आयातमा मात्र कर लाग्ने भन्दै गर्र्दै उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।