
काठमाडौं । पूर्वप्रधानमन्त्री नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरुलाई आग्रह गर्नुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले समाजवादी मोर्चा केवल सत्ता टिकाउने मोर्चा मात्रै नबनाउन नेताहरुलाई आग्रह गर्नुभएको हो ।
नेता खनालले देशभरका वामपन्थी, समाजवादी र क्रान्तिकारीहरुलाई एकतावद्ध नगरेसम्म देशमा सही विकल्प निर्माण हुन नसक्ने बताउनुभयो । उहाँले यो समाजवादी मोर्चालाई अझ विस्तार गर्नु आवश्यक रहेको बताउनुभयो । सोमबार बनेको मोर्चा, मोर्चा निर्माणको पहिलो पाइला मात्रै भएको उहाँले बताउनुभयो ।
नेता खनालले देशको भविष्यलाई उज्यालो बनाउनका लागि आफुहरुको लक्ष्य समाजवादी गणतन्त्र भएको बताउनुभयो । उहाँले देशमा भएका शोषण, दमन, अन्याय र अत्याचार समाप्त गर्ने एकमात्र विकल्प समाजवाद भएकाले आफूहरु त्यसप्रति प्रतिवद्ध रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्