१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुली ट्रान्जिट बनाएर गाई गोरुको तस्करी बढ्यो


5.213k
Shares

सिन्धुली । सिन्धुली जिल्लामा ट्रान्जिट हुदै गाईगोरुको तस्करी बढ्दै गएको छ ।

लामो समयदेखि जिल्लालाई ट्रान्जिट बनाएर अवैध कारोबारीहरुले पहाडी जिल्लाहरुबाट हजारौंको संख्यामा गाई गोरुको अवैध तस्करी गरिरहेका छन् ।

सिन्धुली, रामेछाप, दोलखा, ओखलढुंंगा, खोटाङ, काभ्रेपलान्चोक लगायत जिल्लाका ग्रामिण बस्तीहरुबाट गाईगोरु र बाच्छा बाच्छीहरु सस्तो मूल्य किन्ने र सिन्धुली हुदै तराइ झारेर भारततर्फ बिक्री गर्ने पाइएको छ । तस्करहरुले राती र एका बिहानै प्रशासनको आँखा छलेर चुरे भावर पहाड कटाएर सर्लाही, महोत्तरी र धनुषा हुँदै भारतीय सीमातर्फ पुर्‍याउने गरेको पाइएको छ ।

सिन्धुलीको मरिण, कमलाखोच र कमलामाई नगरपालिकाको माईस्थान हुँदै हजारौंको संख्यामा गाई गोरुको तस्करी भैरहँदा समेत स्थानीय प्रशासन र प्रहरीले भने चासो दिएका छैनन् ।