
काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पूर्वी पहाडी जिल्लामा वर्षापछि आएको बाढि पहिरोका पीडितहरुलाई उद्धार, उपचार र उचित राहतको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले तीन वटै तहका सरकारले बाढीपहिरो पीडितहरुलाई राहत, उद्धार र उचित क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
प्रमुख सचेतक पाण्डेले सो घटनामा परी मृत्यु भएकोहरुप्रति श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गर्नुभयो ।
प्रमुख सचेतक पाण्डेले पीडितहरुलाई पुनर्वासको व्यवस्था गर्न पनि सरकारलाई ढिलाई नगर्न सचेत गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्