१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री दाहालसँग शुक्रबार प्रतिनिधि सभामा प्रश्नोत्तर


195
Shares

काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रवार हुने भएको छ ।

प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालसँग शुक्रवार प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो । सभाको मंगलवार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रबार हुनेगरी निर्धारण गरेको जानकारी दिनुभयो ।

सभामुख घिमिरेले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि सम्पूर्ण सदस्य संख्यालाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहनेगरी जम्मा १७ समूहमा विभाजन गरिएको बताउनु भयो । यो महिना भने समूह १ मा रहेका प्रतिनिधि सभा सदस्यहरुको पालो रहेको उहाँले जानकारी गराउनुभयो ।

प्रधानमन्त्रीलाई सोध्ने प्रश्न मंगलबार दिनको पाँच बजेसम्म प्रतिनिधि सभाका सचिव समक्ष लिखित रुपमा दिन सभामुखले प्रतिनिधि सभा सदस्यहरुलाई आग्रह गर्नुभएको छ ।