७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बझाङ दुर्घटना अपेडट : मन्त्री सिंहकी श्रीमतीसहित ५ जना घाइते, सबैको अवस्था गम्भीर


1.287k
Shares

महेश कार्की
बझाङ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला मन्त्री पृथ्वी बहादुर सिंह चढेको गाडी बझाङमा दुर्घटना हुँदा ५ जना घाईते भएका छन् ।

डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सिंह सवार सुदूरपश्चिम प्रदेशको ०१००१ झ ४८० नम्बरको गाडी सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा परि मन्त्री सिंहसहित ५ जना घाइते भएका हुन्।घाइते हुनेमा गाडी चालक धर्मराज जोशी, मन्त्री सिंह, उनकी पत्नी अमृता सिंह, अर्की एकजना महिला जयदेवी सिंह र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारी रहेका छन् ।

खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका–१ देउरास्थित ऋृतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकीको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । सबैको अवस्था गम्भीर रहेको बताइएको छ ।