८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


राष्ट्रपति पौडेलको मुटुमा पेस मेकर राखियो


624
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मंगलबार दिउँसो मुटुको शल्यक्रिया गरिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा.रत्नमणि गजुरेलले ७२ घण्टाको नियमित निगरानीपछि मुटुको चाल बेला बखतमा कम देखिएकाले विशेषज्ञहरूको सल्लाहबमोजिम शल्यक्रिया गरी पेस मेकर राखिएको बताउनुभयो ।

गत शनिबार राति अचानक स्वास्थ्य अवस्था असामान्य बनेपछि राष्ट्रपति पौडेललाई अस्पताल पुर्‍याइएको थियो । त्यसयता निरन्तर चिकित्सकहरुको निगरानीमा अस्पतालको सीसीयूमा राखेर उपचार भइरहेकोमा मंगलबार दिउँसो मुटुको शल्यक्रिया भएको हो ।

राष्ट्रपति पौडेल अढाई महिनामै पाँचौँ पटक अस्पताल भर्ना हुनुभएको छ । गत बैशाख राष्ट्रपति पौडेलले भारतमा उपचार गराउनुभएको थियो । ७९ वर्षीय राष्ट्रपति पौडेललाई पछिल्लो पटक मुटुको समस्या देखिएको हो ।