६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


राष्ट्रिय संस्कार र संस्कृतिको विकास गर्नु आजको आवश्यकता : सभामुख घिमिरे


65
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले लोप हुन लागेका राष्ट्रिय संस्कार र संस्कृतिको विकास गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

मंगलबार नाचघरमा आयोजित राष्ट्रिय नाचघर सांस्कृतिक संस्थानको ५१ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मंगलबार सभामुख घिमिरेले संस्कृतिको क्षेत्रमा ठूला चुनौतिहरु रहेको र त्यसलाई संस्थानले महत्वपूर्ण रुपमा लिँदै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले अनुशासनमा बाँधिएको संस्कृति विकास गर्ने, ठूलालाई कदर र सानालाई माया गर्ने संस्कृतिको विकास गर्न जरुरी रहेको बताउनुभयो । सभामुख घिमिरेले विभिन्न धर्म, संस्कार र संस्कृतिका परम्पराहरु विभिन्न खालका कलाहरुमा साहित्य, संगीत, नाट्यमा अभिव्यक्त हुनु राम्रो पक्ष भएको बताउनुभयो ।

सभामुख घिमिरेले पुराना र लोपोन्मुख कला र संस्कृतिको जगेर्ना गर्न राष्ट्रिय नाचघरले महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो ।