९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


कृषिका १० कार्यक्रममा शून्य बजेट

अर्थ भन्छ - विविधमा बजेट छ, कृषि मन्त्रालय अन्योलमा, आज प्रधानमन्त्रीसँग परामर्श

260
Shares

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले पुँजीगत बजेट कटौती गरेरेर ल्याएको आगामी आर्थिक वर्षको बजेटमा कृषिका आधा दर्जन कार्यक्रमलाई पैसा दिएका छैनन् ।

अर्थमन्त्री महतले आन्तरिक उत्पादन बढाएर कृषिमा आत्मनिभएर बनाउने उद्देश्यले बजेट ल्याएको दाबी गर्दै आएका छन् ।

उनले चालु आवको भन्दा ३ अर्ब रुपैयाँले कृषिको बजेट पनि बढाएका छन् । तर, कृषिकै आधा दर्जनभन्दा धेरै कार्यक्रममा बजेट शून्य बनाइएको छ ।

बजेट सार्वजनिक गर्दा महतले आगामी वर्षका लागि कृषिमा ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको घोषणा गरेका थिए ।

अहिले अर्थ मन्त्रालयल बजेट कार्यक्रम बनाएर कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको १० कार्यक्रमको बजेट शुन्य बनाइएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।