१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लेनदेन कारोबार सहज गर्न माग गर्दै माईतीघरमा प्रदर्शन


0
Shares

काठमाडौं । तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरुले काठमाडौंमा धर्ना दिएका छन् ।

बुधबार पीडित लेनदेन संघर्ष समिति, मधेस प्रदेश, रौतहट लगायत तराईका विभिन्न जिल्लाबाट आएका उनीहरुले काठमाडौंको माईतीघरमा धर्ना दिँदै प्रदर्शन गरेका हुन् ।

परापूर्वकालदेखिको आपसी लेनदेनको व्यवहारलाई भताभुंग पार्न खोजिएको आरोप लगाउँदै आफूहरूमाथि कारबाही गर्न ल्याइएको अध्यादेश तत्काल खारेज गर्न सरकारसँग मग गरेका छन् ।

आन्दोलितहरुले स्थानीय निकायमा जाँचबुझ गरी मात्र प्रमाणको आधारमा उजुरी दर्ता गरिनुपर्ने, हाल दर्ता गरिएका उजुरीलाई जाँचबुझ तथा छलफलको लागि स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने, आफूहरूले दिएको पैसाको सावाँ र व्याज उपलब्ध गराउनुपर्ने लगायतका माग राखि आन्दोलन गरेका छन् ।

प्रदर्शनमा सहभागीहरुले लेनदेन कारोबार सहज गर्, अदालतमा कपाली तमसुकको मुद्दा दर्ता गर्, कानून बमोजिम गरिएको लगानी कानून बमोजिम फिर्ता गरियोस्, प्रहरी दमन बन्द गर् लगायतका प्लेकार्ड र ब्यानर बोकेर बिरोध जनाएका छन् ।