
काठमाडौं । नेपाली कांगे्रसका नेता प्रकाशमान सिंहले सरकारले अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय गरेर कार्यान्वयमा बेवास्ता गरेको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेता सिंहले सरकारले विद्युतीय राहदानी लागू गर्ने निर्णय गरेर कार्यान्वयनमा वेवस्था गर्नु जायज नभएको बताउनुभयो । उहाँले सरकारले अन्तर्राष्ट्रिय स्तरको राहदानी लागू गर्ने निर्णय गरेर कार्यान्वयनमा तदारुकता नदेखाउँदा जनताले समस्या भोग्नुपरेको बताउनुभयो
नेता सिंहले नेपाली राहदानीको अन्तर्राष्ट्रिय ¥याङ्किङ कमजोर बन्दै गएको भन्दै बलियो बनाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय ¥याङ्किङ २०२१ मा १०१ रहेकोमा अहिले १०६ मा झरेको बताउनुभयो ।
समितिमा बोल्दै कांगे्रस नेता विमलेन्द्र निधीले नेपाली राहदानीमा राजनीतिक व्यक्तिहरुका लागि अन्तर्राष्ट्रिय प्रणाली सुहाउँदो बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली राहदानीमा राजनीतिक गर्ने व्यक्तिहरुले सांसद वा अन्य कुनै प्रोफेसन लेख्ने प्रणाली बनाउनुपर्ने बताउनुभयो ।
नेता निधीले नेपाली राहदानी बोकेर विदेश जाँदा सानो कुराहरुले रोकिदिने गरेको बताउनुभयो । उहाँले वर्तमान समयमा अनलाइनबाट अपडेट गरेर अन्तर्राष्ट्रिय प्रणाली सुहाँउदो बनाउन सक्ने बताउनु पर्ने बताउनुभयो ।
उहाँले वर्तमान परिस्थिति अनुसार राहदानी विभागलाई पुँजी र प्रविधिको व्यवस्था सरकारले गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्