१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


योगले नेपाललाई समृद्ध र सुखी बनाउँछ : अध्यक्ष ओली


65
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने बताउनुभएको छ ।

बुधवार ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको सन्दर्भमा योगले समृद्ध नेपाल र सुखी नेपालीको कुरा गरिरहेको बताउनु भयो । अध्यक्ष ओलीले मान्छे सम्मानित जीवन बाँचोस्, अभावरहीत बाँचोस्, सम्पन्न र विज्ञान प्रविधिले उपलब्ध गराएका आजका सुविधा, सहुलियतहरु सबै प्रयोग गर्नसक्ने गरी बाँचोस् भन्ने अहिलेको आवश्यकता भएको बताउनु भयो ।

अध्यक्ष ओलीले नेपालबाटै ज्ञान उत्पत्ति भएको बताउनु भयो । उहाँले योगको उत्थान गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।