१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)


1.001k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले संसदीय कोषअन्तर्गत छनौट भएका योजना तथा कार्यक्रम पूर्व सहमति बिना कार्यान्वयन नगर्ने जनाएको छ ।

महानगरका प्रमुख बालेन्द्र शाहले बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्व सहमति बिना छनौट भएका संसदीय कोषका योजना तथा कार्यक्रम कार्यान्वयन नगर्ने उल्लेख गर्नुभएको हो ।

त्यस्तै, महानगरमा कार्यरत कर्मचारीका लागि सुनौलो अवकास योजना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । महानगरपालिका क्षेत्रभित्र एक निर्दिष्ट नगर अस्पताल स्थापना गरी सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरले निजी तथा सामुदायिक अस्पतालसँगको सहकार्यमा सुलभ फार्मेसी स्वर्णिम योजना सञ्चालनमा ल्याई महानगरबासीलाई औषधि खरिदमा सहुलियत दिइने घोषणा गरेको छ । सार्वजनिक स्थानमा धुमपान तथा सूर्तिजन्य पदार्थको प्रयोग तथा बेचबिखनलाई पूर्णरूपमा रोक लगाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै मालपोत र नापीसम्बन्धी कार्यलाई महानगरपालिका मातहत सञ्चालनमा ल्याउन आवश्यक समन्वयसहित नीतिगत प्रबन्ध गरिने वार्षिक नीति तथा कार्यक्रममा जनाइएको छ ।