७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


राजनितिक परिवर्तनकै कारण महिलाको हक अधिकार विस्तार भयो : मन्त्री श्रीपाली


208
Shares

अर्घाखाँची । संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री शुशीला श्रीपालीले राजनितिक परिवर्तनकै कारण महिलाको हक अधिकार विस्तार हुँदै गएको बताउनु भएको छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिकामा भएको प्रथम न्यायिक समितिको जिल्ला सम्मेलनमा बोल्दै उहाँले संविधानमा उल्लेख भएकाले स्थानीय तहका महिला जनप्रतिनिधिहरु समेत न्याय दिलाउने विषयमा धेरै अगाडी रहेको बताउनुभयो ।

यस्तै, मन्त्री श्रीपालीले कानूनी जटिलतालाई समेत हटाई जनतालाई सहज न्याय दिनका लागि आफुहरु लाग्ने बताउनुभयो । न्यायिक क्षेत्रमा सिकेका अभ्यास एक अर्कामा पर्‍याउन र साना तिना झैझगडा तथा कानूनले प्रदान गरेका मुद्दाहरु स्थानीय न्यायिक समितबाट टुंग्याउन नागरिकलाई सहज होस भनेर न्यायिक सम्मेलन गरिएको शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो ।

न्यायिक समिति प्रथम अर्घाखाँची जिल्ला सम्मेलनबाट १२ बुँदे शितगंगा घोषणा पत्र सार्वजननिक गदै सम्पन्न भएको हो ।