१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


समाज परिवतर्नको लागि तयार भएको कुरा मतपत्रमा जाहेर हुन थाल्यो : रवि लामिछाने


1.846k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाज परिवर्तनको लागि तयार भएको कुरा मतपत्रमा जाहेर हुन थालेको बताउनुभएको छ ।

बिहीवार पार्टी स्थापना दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले समाज परिवर्तनका लागि तयार भइसकेको कुरा मतपत्रमा जाहेर हुन थालेको बताउनुभएको हो । उहाँले त्यसको स्पष्ट संकेत देखिइसकेको बताउनु भयो । उहाँले आफ्नो पार्टीको एक वर्षको यात्रा सौहार्दपूर्ण र सकारात्मक रुपमा बितेको बताउनु भयो । उहाँले रास्वपालाई जनताले आशा र भरोसाको रुपमा लिएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै आजै पार्टी प्रवेश गरेका पूर्व बैंकर अनिल केशरी शाहले पार्टी सभापति रवि लामिछाने र आफ्नो सोच मिलेको कारण आफु पार्टी प्रवेश गरेको बताउनु भयो । उहाँले देशमा नेतृत्वको अभाव रहेको कुरा आफूले महशुस गरेको भन्दै नेतृत्व विकासको सिप प्रयोग गर्नका लागि पार्टीमा आएको बताउनु भयो । शाहलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको सभापति लामिछानेले जानकारी दिनुभयो ।