२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


पहाडका टाकुरालाई पर्यटन स्थल बनाऔं : वामदेव गौतम


741
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरेक पहाडको टाकुरालाई पर्यटन स्थल बनाएर नेपालको विकास गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले नेपालमा रहेका १० हजार भन्दा बढी पहाडी टाकुरालाई पर्यटन स्थलको रुपमा विकास गर्नुपर्ने बताउनुभएको हो ।

सांसद गौतमले नेपाललाई भूगर्भ र सतहअनुसार किावस गर्न नसक्दा दिगो विकास हुन नसकेको बताउनुभयो । उहाँलै नेपालको जमिन हल्लिरहेको भन्दै उहाँले कुनैपनि बेला विपद्जन्य घटनाहरु हुनसक्नेप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपालको नेतृत्वमा भौगोलिकताअनुसार विकास गर्ने सोच नभएको बताउनुभयो ।

सदस्य गौतमले पहाडमा जबरजस्ती चलाइएको डोजर आतंक रोकेर दिगो विकास लागू गर्नुपर्ने बताउनुभयो ।