२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


काभा नेशन्स लिगमा नेपाल र किर्गीस्तान भिड्दै


1.742k
Shares

काठमाडौं । काभा नेशन्स लिग पुरुष भलिबलमा आज नेपालले आयोजक किर्गिस्तानको दोस्रो टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

किर्गिस्तानको बिस्केकमा जारी प्रतियोगितामा नेपालो यो पाँचौ खेल हो । लगातार चार खेल हारेको नेपाल आज पहिलो जितको खोजीमा छ । नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । नेपालले प्रतियोगिताको पहिलो खेलमा मंगोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तान, तेस्रो खेलमा इरान तथा चौंथो खेलमा तुर्किमिनिस्तानसँग हार व्यहोरेको छ ।

आजको खेलपछि समुह चरणको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानसँग खेल्ने छ । काभा नेसन्स लिगमा दक्षिण तथा मध्य एसियाका सात टोलीको सहभागिता रहेको छ ।