१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘परस्त्री’को लिरिकल भिडियो गीत सार्वजनिक


403
Shares

काठमाडौं । आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र परस्त्रीको लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ ।

चलचित्रकी मुख्य पात्र आभ्याको जन्मदिनको सेटअपका तयार पारिको सार्वजनिक गीतले सिनेमाको कथाको बारेमा प्रस्ट्याउने निर्माण टिमको भनाई छ ।

‘जीवन भनेको’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्टका चल अचल दृश्यहरु समावेश गरिएको छ । केके ब्रोदर्सको कम्पोज तथा शब्द रचना रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् । डिएस डिजिटलको व्यानरमा निर्माण भएको सिनेमा नेपाली र हिन्दीमा रिलिज हुने छ ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको चलचित्रमा निरज कँडेल छायांकन गरेका हुन् । सुरज पाण्डेको डेव्यु निर्देशन रहेको चलचित्रमा कोशिस, शिल्पा र गौरवका अलवा अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।

चलचित्रमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखकसमेत हुन् । पोस्टर रिलिजसँगै चर्चामा रहेकको सिनेमाको सार्वजनिक गीत र ट्रेलरले पनि दर्शकको मन जितेका छन् । थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन् ।